इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

काठमाडौं । लौटारो मार्टिनेजको दुई गोलमा फियोरेन्टिनालाई हराउँदै इन्टर मिलानले कोपा इटालियाको उपाधि रक्षा गरेको छ ।

रोममा बुधबार राति भएको फाइनल खेलमा भएका सबै तीनवटा गोल पहिलो हाफमा नै भएको थियो । इन्टरको जितमा दुई गोल गरेका मार्टिनेजले सबैखाले प्रतियोगितामा गरी यो सिजन २७ गोल पुर्याएका छन् ।

इन्टरमा उनको यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । सन् २०२१–२२ को सिजन पनि इन्टर मिलान च्याम्पियन बनेको थियो ।

योसँगै इन्टरले रोमासँग नौ पटक उपाधि जितेको रेकर्डसँग बराबरी गरेको छ । यी दुई क्लबभन्दा अघि रहेको युभेन्टसले हालसम्म १४ पटक यो उपाधि जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here