रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ। रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको थियो।

त्यसको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज देखाउन लागिएको हो।भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन छ ।

राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक राष्ट्र प्रमुखका रुपमा जात्रामा सहभागी हुने छन् । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here