रवी लामिछानेको आक्रोश ‘घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा उनले एक स्टाटस राख्दै घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका छन् ।

उनीविरुद्ध युवराज सफलले दायर गरेको मुद्दा बुधबार दर्ता भएको छ। मुद्दा दर्तापछि अदालतको प्रक्रियाअनुसार जवाफ दिनुपर्ने लामिछानेले फेसबुकमा धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन्।

उनले भनेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।’

अमेरिकी राहदानीको सक्कल निस्सा उनले बुधबार मात्रै बुझाएका छन्। अदालतले उक्त निस्सा झिकाउने आदेश गरेपछि उनले बुझाएका हुन्। यसको जानकारी र सक्कल बमोजिम नक्कल २०७५ असार ६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here