फुटपाथमा अवरोध पुर्‍याएर सञ्चालित ३४ वटा वर्कशपलाई कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आवागमन तथा फुटपाथमा अवरोध पुर्‍याएर सञ्चालित भएको देखिएपछि ३४ वटा मोटरसाइकल वर्कशपलाई कारबाही गरेको छ।

महानगरपालिकाले यस्ता वर्कशपहरुलाई ५ हजारका दरले जरिवाना तिराएको हो।

सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई महानगर प्रहरीले नियन्त्रणमा लिएको थियो।

बुधबार नै कवाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने २ जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको महानगरपालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here