यसकारण मेटाले घाटा खाएर बेच्यो ‘गीफी’

काठमाडौं । मेटाले एनिमेटेड जीआइएफ खोज इन्जिन(गीफी) सटरस्टकलाई बेचेको छ । कम्पनीले ३ बर्ष अघिमात्र ४ सय मिलियनमा खरिद गरेको गीफी ५३ मिलियन डलरमा बिक्री गरेको हो ।

त्यसो त गत वर्ष, युकेको प्रतिस्पर्धा वाचडग सिएमएले प्रतिस्पर्धाको आधारमा मेटालाई गिफी बेच्न आदेश दिएको थियो । वेबसाइटको अधिग्रहणले सोशल मिडिया प्रयोगकर्ताहरू र विज्ञापनहरूलाई हानि पुर्‍याउन सक्ने भन्दै विक्री गर्न आदेश दिएको थियो ।

स्न्यापच्याट, ट्वीटर र टीकटक जस्ता सामाजिक सञ्जालहरूमा एनिमेटेड जीआइएफको मुख्य आपूर्तिकर्ता हो। मेटाले २०२० मा गीफी खरिद गरेको थियो ।

मेटा प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपले अझै पनि सम्झौताको अंशको रूपमा गीफीको सामग्री प्रयोग गर्न सक्छन् ।

गीफी विश्वकै ठूलो जीआइएएफ भिडियो तथा स्टीकर संग्रह हो । यसले हरेक दिन १ दशमलव ३ बिलियन जिआइएफ तथा स्टिकर सर्च गरेको हुन्छ । । त्यस्तै १५ बिलियन पटक यसका सामग्रीहरुको प्रयोग गरिएको हुन्छ ।

प्रतिस्पर्धा र बजार प्राधिकरण सिएमएले सुरुमा नोभेम्बर २०२१ मा बिक्रीको आदेश दिएको थियो। गिफी प्राप्त गर्दा, मेटाले यो अन्य सामाजिक सञ्जालहरूमा ‘खुल्ला रूपमा उपलब्ध हुने’ बताएको थियो।

तर सीएमएले खरिद गरेको अनुसन्धानले सामाजिक सञ्जाल र विज्ञापनमा प्रतिस्पर्धालाई नोक्सान पुर्‍याउने फेला पारेको थियो ।नियामकले ठूलो सिलिकन भ्याली कम्पनीले गरेको सम्झौता अवरुद्ध गरेको यो पहिलो पटक हो।

गत सेप्टेम्बरमा, मेटाले सीएमएलाई बिक्री रोक्न प्रयास गर्न अपील गर्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here