त्रिविका क्याम्पसहरुमा जेठ १६ गतेबाट बर्खे बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदाे मंगलबारबाट बर्खे बिदा दिने भएकाे छ । गत सोमबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले जेठ १६ गतेपछि बिदा दिने निर्णय गरेको हाे ।

त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरुमा पूर्वव्यवस्थाअनुसार शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यस वर्षको बर्खे बिदा आ–आफ्नो निकायको अनुकुलता हेरेर दिनसमेत निर्देशन दिइएको जनाइएकाे छ ।

त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै बढीमा २० दिन बिदा दिन सकिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here