मौसममा सुधार, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसममा तुलनात्मक रूपमा सुधार आएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ।

पश्चिमी र स्थानीय वायुको प्रभावले दिउँसो कोशी, बागमती र गणण्की प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ।

आज राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशका थोरै स्थानहरुमा र देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here