‘रास्वपालाई पैसा बुझाएको समाचार आधारहिन, कानूनी प्रक्रियामा जाने चेतावनी’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा बुझाएको समाचार आधारहिन भएको बताएका छन् ।

बिहीबार एक विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचार आधारहिन भएको प्रष्टीकरण दिएका छन् ।

आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको उनको जिकिर छ । उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् ।

विज्ञप्तिमा श्रेष्ठले भनेका छन , ‘स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैं कानूनी प्रक्रियामा जान बाध्य हुनेछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here