फूडमान्डुले ल्यायो ‘फष्ट विट’ अफर, पहिलो अर्डरमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन ‘फष्ट विट’ ल्याएको छ ।

यस योजना अन्तर्गत ‘फूडमान्डु एप’का नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अर्डरमा २५% छुट (रु. ५०० सम्म) पाउन सक्नेछन् ।

फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिंङ एक्जिक्युटिभ अंकिता जोशीका अनुसार First Bite ले स्वादका पारखी युवाहरुलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको छ ।

नयाँ प्रयोगकर्ताहरुले फूडमान्डु एपबाट अर्डर गर्दा ‘फष्ट विट’ भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here