सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरिकता विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।

यसअघि दुई पटक संसदबाट प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ जाँदा रोकेकी थिइन् । तर, यो प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले केही समयदेखि कानुनी परामर्श गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here