झलनाथ खनालले पूर्वराजालाई भने ‘हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् । साथै पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए ।

‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्नु समान्य हो उनले भने । मन्दि जाने जनतासँग भेट्ने, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् उनले भने बरु राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन । सो अवसरमा पूर्वप्रधानमन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै खनालले ढोल र घण्टी अराजकताको संकेत भएको टिप्पणी गरे ।

खनाललले भने ‘कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, तर ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन् ।’

पूर्वप्रधानमन्त्री खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी समेत दिए । उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here