श्रीच्छा प्रधानलाई मिस नेपालको उपाधि

काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल २०२३ को उपाधि जितेकी छन् । आज भएको फाइनल राउन्डमा उनले उपाधि जितेकी हुन् । हिडन ट्रिजरले आयोजना गरेको मिस नेपाल प्रतियोगितामा उनले अन्य प्रतियोगीलाई पछाडि पारिन् ।

माैजुदा मिस नेपाल प्रियंकारानी जोशीले उनलाई मिस नेपालकाे ताज लगाइन् । प्रसिद्धी शाह मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँ मिस नेपाल अर्थ बनिन् । १२ विधामा विजेता घोषणा गरिएकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here