रवि लामिछानेलाई प्रधानमन्त्रीको जवाफ ‘मुटु हल्लिएको छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार न्यूनीकरणमा सरकारको मुटु नहल्लिएको बताएका छन् ।

वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै ‘प्रचण्ड’ले भने ‘एक जना माननीयले प्रधानमन्त्रीको मुटु हल्लिएको भन्नुभयो । विल्कुल आशंका नगर्न र सरकारले गरेको संकल्पमा दृढतापूर्वक उभिन आग्रह गर्दछु ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न सरकारले मुटु जाँच गर्न रास्वपाका सभापति रवि लामिछानेले माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here