पीएसजी लिग वानको च्याम्पियन, मेसीको कीर्तिमानी गोल

काठमाडौं । पेरिस सेन्ट जर्मेन(पीएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ।

मेसीले कीर्तिमानी गोल गरेको खेलमा पएसजीले ११ औँ पटक लिग वानको उपाधि जितेको हो।

पीएसजीलाई च्याम्पियन बन्न १ अंकको मात्रै खाँचो थियो। स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दा १ अंक बटुलेर पीएसजी च्याम्पियन बन्यो। पीएसजीसँग बराबरी खेलेको स्टार्सवर्ग पनि रेलिगेसनबाट बचेको छ।

मेसीको यो युरोपियन टप लिगमा ४९६ औँ गोल हो। उनले यसअघि टप फाइभ लिगमा रोनाल्डोले बनाएको ४९५ गोलको कीर्तिमान आफ्नो नाममा पारे। उनको यो पिएसजी का लागि ३२ औँ गोल हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here