काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५०० को कात्रो र पाँच फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन ।’