भारतले जित्यो काभा महिला भलिबलको उपाधि

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।

आइतवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले उपाधि जितेको हो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्यो । योसँगै भारतले अपराजित रहँदै प्रतियोगिता सकेको छ ।

समूह ‘ए’बाट विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको भारतले उज्वेकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । यता, समूह ‘बी’को विजेता काजकिस्तानले भने नेपाललाई ३-२ को सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्रो, उज्बेकिस्तान चौथो, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here