विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्वालिफायर खेल्न १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।

यो टोलीमा सन्दीप जोरा, देव खनाल, सूर्य तामाङ, कमल सिंह ऐरी, अविनाश बोहरा र श्याम (मौसम) ढकाल भने परेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here