आलिसानमा गर्जियो नमस्ते नेपाली ब्याण्ड

काठमाडौं । अन्तत नमस्ते नेपाली ब्याण्डको १० बर्ष पछि काठमाडौं स्थित आलिसान लाउन्ज एण्ड वारमा भब्य कन्सर्ट सम्पन्न भएको छ ।

प्रेम हो एउटा सुनौलो सपना बोलको गीत पहिलो पल्ट गायर आफ्नो गायन यात्रामा प्रबेस गरेका भोकलिस्ट द्धय बालकृष्ण भट्टले नाईन्टिजका अन्य थुप्रै कणप्रिय गीतहरू गाएका थिए ।

आफ्नो पुरानो ब्याण्डलाई पुनः जीवन्त दिन नयाँ गीतहरूको कम्पोज र रेकडिङमा लागेका भट्टले यससँगै ब्याण्डको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ठूला ठूला कन्सर्टहरू सम्म हुने बताएका छन् ।

१० बर्षपछि नयाँगीत तथा संगीतका साथमा ब्याण्डले नेपाली रक म्यूजिकको संसारमा फेरि पाईला टेकेको हो ।

नयाँ गीत ‘ऐहजुर’, ‘यो मन दुस्मन’, ‘भो भेट्दिन तिमी’ लाई जस्ता रेकडिङमा लागि रहेका उनको लगत्तै काठमाडौं, पोखरा र सौराहमा कन्सर्ट हुनेछ ।

ब्याण्डले काठमाडौंको चर्चित पव लन्डनपब र अपटाउन झम्सीखेल, पोखराको क्लव सिक्ट्रिन र तेरान लाउन्ज बार, सौराहको क्लब चितवनमा आफ्नो सांगीतिक प्रस्तुतीहरू दिने ब्याण्डका भोकलिस्ट बालकृष्ण भट्टले बताए ।

ब्याण्डमा लिड गितारमा अनिस थापा बेस गिटारमा सागर राना भाट र ड्रमरमा बाबुराम नेपाल रहेकाछन् ।भने ब्याण्डले ९०को दशकको चर्चित र अन्य हिट गीतहरू समेत गाउँदैं स्टेज तताउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here