काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर २.४ प्रतिशत हुने बताएका छन् । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन ।
विश्व अर्थतन्त्रमा देखिएको सिथिलता तथा आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धि न्यून हुने उनले बताए ।