आर्थिक वृद्धिदर २ दशमलव १६ प्रक्षेपण

काठमाडौं । सरकारले चालु आवमा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको हो । विश्व अर्थतन्त्रमा देखिएको शिथिलता तथा केही आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धि न्यून हुने देखिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए ।

उनका अनुसार चालु आवको चैत महिनामा मुद्रास्फीति ७।७६ प्रतिशत रहेको छ। आयातित वस्तुको मूल्यवृद्धि र अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुँदा मुद्रास्फीतिमा चाप परेको महतले बताए ।

आर्थिक वर्ष ०७९्८० मा आर्थिक बृद्धिको लक्ष्य ५ दशमलव ८ प्रतिशत राखेपनि आर्थिक गतिविधिमा आएको शिथिलताका कारण उक्त लक्ष्य हासिल हुन सकेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here