शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने

काठमाडौं । शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको छ । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन पाउँथे ।

शैक्षिक योग्यता पुगेका आधारभूत तहका शिक्षकलाई माथिल्लो तहमा रिक्त पदमा समायोजन र स्तरोन्नती गरिने भएको छ।

अध्यापन अनुमति पत्रको परीक्षामा जुनै विषय अध्ययन गरेका व्यक्ति सहभागी हुन पाउने व्यवस्था गरिने अर्थमन्त्री महतले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here