बजेटप्रति शेयर लगानीकर्ता निराश, उच्च अंकले घट्यो नेप्से

काठमाडौं । बजेट घोषणा भएको भोलिपल्ट शेयर बजारका लागानीकर्तालाई ठूलो झड्का लागेको छ। मंगलवारको बजार खुल्लासाथ बजार निरन्तर ओरालो लागेको हो । यो समाचार तयार पार्दा ११ बजेर ४० मिनेटमा ३४.८२ अंकले घटेर १९०६ अंकमा झरेको छ । ५३ करोडबढीको कारोबार भएको छ ।

पूरानो दायित्वलाई नयाँ मानेर आयकर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेपछि लगानीकर्ताहरु निराश बनेका हुन। सोमबार ल्याईएको आर्थिक ऐन २०८० मा एफपिओ जारी गरेको कम्पनीले प्राप्त प्रिमियममा सेयर धनिलाई बोनस सेयर दिएको भए त्यसलाई आयकर मानी आयकर तिर्न पुससम्मको समय दिएको छ।

त्यसैगरी, मर्जर गर्दा सौदाबाजी लाभ प्राप्त भएको स्थितिमा सौदाबाजी लाभ प्राप्त भएको रकममा आयकर तिर्न उर्दी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here