सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा सैंजु नियुक्त

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरजमान सैंजु नियुक्त भएका छन् । कम्पनीका अनुसार अनुभवी कार्यकारी अधिकृतको नेतृत्वले प्रगतीको नयाँ उचाई लिने अपेक्षा गरिएको जनाएको छ ।

४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभव छ । त्यसैगरी धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी उत्कृष्ट अनुभव छ । उनले क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका हुन् । सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा पनि ज्ञान छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here