सुनको भाउ फेरि बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ४ भदौ । नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला रु ३ सयले वृद्धि भएको छ ।

अघिल्लो दिन प्रतितोला ७१ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यो सङ्गै नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ८ सय ३० रुपैयाँ कायम भएको छ ।

सुनको कारोबार घटेपछि बैंकमा रहेको सुन विक्री भएको छैन । सुन विक्री नभएपछि बैंकले सुन आयात रोकेका छन् । असार २० देखि बैंकले सुन आयात गरेका छैनन । गत सातासम्म बैंकमा ७ सय ७० किलो सुन थुप्रिएको बैंकर्स संघले जनाएको छ ।

सुन महङ्गो भएपछि पुराना गहना विक्री गर्ने क्रम बढेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीले पनि महङ्गो मूल्यमा सुन खरिद गरेर स्टक राख्न छोडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here