उपत्यकाबाहिर चल्ने सवारीसाधन नयाँ बसपार्क बाहिरबाट सञ्चालन गरे कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ । यात्रुबहाक सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरले आग्रह गरेको छ ।

जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै महानगरले गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न भनेको हो।

अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने कार्यले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको पनि महानगरले स्पष्ट पारेको छ ।

असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सूचना जारी गर्दै महानगरले धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारी साधनको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको जनाएको छ ।

‘उल्लेखित निर्णय कार्यान्वयन गर्न यो सार्वजनिक सूचना जारी गरिएको छ । सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ महानगरले भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here