सिटीले जित्यो एफए कपको उपाधि

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस एफए कपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटीले एफए कपको उपाधि जितेको हो ।

यसअघि प्रिमियर लिगको उपाधि जितेको सिटीलाई एफए कपको उपाधि दिलाउनमा दुवै गोल गुन्डोआनले गरे । सिटीले सातौँपटक एफए कपको उपाधि जितेको हो । एफए कपको उपाधि सँगै सिटी ट्रेबल नजिक पुगेको छ ।

अब १० जुनमा युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराए सिटीलाई ट्रेबल जित्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here