काठमाडौं । यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ । सामान्यतया नेपालमा १० जुनमा (जेठ अन्तिम हप्तातिर) मनसुन पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ ।
यस वर्ष नेपालमा कम्तीमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले गरेका छन् । तर यो मितिमा हरेक वर्ष जस्तो तलमाथि हुने गरेको छ ।
केही वर्ष छिट्टै र केही वर्ष ढिलो गरी मनसुन भित्रने गरेको सरकारी तथ्याङ्क छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको समय मानिन्छ ।
तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा धेरै छ ।
यसपालिको मनसुनमा सरदर भन्दा कम पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले धेरैजसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो ।