काठमाडौं । पछिल्लो समय गलैँचा(कार्पेट) निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागकाअनुसार चालू आर्थिक वर्ष ०७९/८० को १० महिनामा गलैँचा निर्यात २३.२१ प्रतिशतले बढेको हो ।
चालु आ.व.को वैशाखसम्म नौ अर्ब ४९ करोड २२ लाख ९३ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ, जुन गत आ.व.को सोही अवधिको तुलनामा एक अर्ब ७८ करोड ८३ लाख रुपैैयाँले बढी हो ।
गत आवको वैशाखसम्म नेपालबाट सात अर्ब ७० करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको थियो । कार्पेट निर्यात खासगरी अमेरिका, जर्मनी जस्ता देशहरुमा हुने गरेको छ ।
सरकारले गलैचा निर्माणका लागि आवस्यक कच्चा पदार्थ आयातमा भन्सार छुट गर्न सके गलैचा निर्यात अझ बढ्न सक्ने उद्योगीहरुको भनाई छ ।