अस्ट्रेलियामा कामदारको तलब बढ्यो

अस्ट्रेलिया । अस्ट्रेलियामा कामदारको न्यूनतम ज्यादा वृद्धि भएको छ । ‘फेयर वर्क कमिसन’ले देशको न्यूनतम पारिश्रमिक ३ प्रतिशतले वृद्धि गरेपछि लाखौं अस्ट्रेलियन कामदार लाभान्वित हुने भएका छन् ।

कमिसनले जुलाई १ बाट लागु हुने गरी पारिश्रमिक वृद्धि गरेको हो । नयाँ वृद्धि पछि अब अस्ट्रेलियाली श्रमिकको साप्ताहिक पारिश्रमिक ७४०.८० डलर अर्थात घण्टाको पारिश्रमिक १९.४९ डलर बनेको छ ।

अब त्यहाँका कामदारले साप्ताहिक २१.६ डलर बढी कमाउनेछन् ।

तर यस वर्ष न्यूनतम ज्पारिश्रमिकमा भएको वृद्धि दर अघिल्लो वर्ष भएको वृद्धि दरभन्दा थोरै हो । अघिल्लो वर्ष ‘फेयर वर्क कमिसन’ले राष्ट्रिय न्यूनतम पारिश्रमिकमा ३.५ प्रतिशत वृद्धि गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here