शेयर लगानीकर्ताहरूबाट ब्रोकर कार्यालयमा तालाबन्दी, टीएमएस बन्द

काठमाडौं । शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् ।

ब्रोकर कार्यालयमा ताला लगाएको भए पनि टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् ।

सरकारले आर्थिक विधेयकमार्फत सेयर कारोबार गरी ५० लाख बढी कमाउनेले पूँजीगत लाभकरसहित आयकर पनि बुझाउनुपर्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलित भएका छन् । हाल शेयरकारोबारीले पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत मात्रै कर तिर्दै आएका थिए ।

सरकारले त्यसका साथै आयकर पनि तिर्नुपर्ने व्यवस्था गरेपछि लगानीकर्ता आक्रोसित हुँदै आन्दोलनमा उत्रेका हुन् । हाल तिर्दै आएको पूँजीगत लाभकर अन्तिम कर हो/होइन भन्नेमा स्पष्ट नपारेसम्म लगानीकर्ताले आन्दोलन नरोक्ने बताएका छन् ।

आन्दोलनकै दौरान सेयर लगानीकर्ता आज बिहान अर्थमन्त्रीको घर घेर्न समेत पुगेका थिए । अहिले लगानीकर्ता र सरकार बीच अर्थमन्त्रालयमा वार्ता भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here