काठमाडौं । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन्।
प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेका छन्।























