सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी असार २९ गतेका लागि सरेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । तर याी बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here