रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । रियलमीले नयाँँ पुस्ता (जेन-जी)लाई लक्षित गर्दै नेपाली बजारमा दुईवटा स्मार्टफोन मोडलहरू सार्वजनिक गरेको छ । कम्पनीले नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरू जनाउँछ । कटिङ एज फिचरहरू, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरूले नेपाली नयाँँ पुस्ताको मन जित्ने आशा विश्वास गरेको छ ।

रियलमीका कन्ट्री हेड मुनिष गिरीले यी दुई स्मार्टफोनले आकर्षक फिचरहरू मात्र नभै सुपथ मूल्यमा नवीनतम प्रविधी प्रदान गरेको बताए ।

‘रियलमी नार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ । नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभल अल राउन्डर हो ।

यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ । अर्कोतर्फ, रियलमी नार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ,’ उनले भने ।

७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो । सि –एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ ।

यसमा ६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३ प्रतिशतको स्क्रीन-टु-बडी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडि प्लस रेजोलुसन रहेको छ । यो फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ । ५००० एमएएचको शक्तिशालि ब्याट्रि भएको यो फोनमा चार्जिङ प्रोटेक्सन सिस्टम रहेको हुनाले फोन छिटो पनि र सुरक्षित रुपमा पनि चार्ज हुन्छ ।

यस फोनमा भएको शक्तिशाली ५० एमपिको एआइ क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्विरहरू खिच्न सक्छ । यसमा नाइट मोड, पोर्ट«ेट मोड, एचडिआर, एआइ सिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडहरू रहेका छन् ।

यस्तै, नार्जो एन ५५ नयाँँ पुस्ताको लागि पर्फेक्ट फोन हो । ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपीको एआइ क्यामरा, मिडिया टेक हेलियो जि ८८ चिप सेट र १२ जीबी सम्मको डाइनामिक र्याम र ९० हर्जको फुल एचीड प्लस डिस्प्ले जस्ता फिचरहरू छन् ।

नार्जो एन ५५ मा मिडियाटेक हेलियो जी ८८ चिप सेट रहेको छ । माली जी ५२ जिपियु र १२ एनएमको प्रोसेसिङ टेक्नोलोजी भएको यो चिप सेटले ग्राफिक्स प्रोसेसिङ त असाधारण तरिकाले गर्छ नै साथै मल्टीमिडिया, गेमिङ र मल्टीटास्किङको लागि पनि एकदमै सहज बनाउँछ ।

६.७२ इन्चको स्क्रिन र ९१.४ प्रतिशत स्क्रीन–टु–बडी रेसियो भएकोले यो फोन चलाउँदा सहज अनुभूति हुन्छ । यो फोनमा सेन्ट्रल्ली लोकेटेड पन्च होलले गर्दा फुल स्क्रिन लुक र सिमेट्री एकदमै सुन्दर रहेको छ जुन नार्जो डिभाइसमै पहिलो पटक हो ।

नार्जो एन ५५ सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा ३३ वाटको सुपरभोक चार्जिङ र ५००० एमएएच शक्तिशालि ब्याट्री रहेको छ ।

दुबै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुनेछन् । ४+६४ जीबी स्टोरेज क्षमता भएको नार्जो ५३ मोडलको मूल्य रु. १५ हजार ९९९ र ६+१२८ भेरियन्टको मूल्य रु. १८ हजार ९९९ रहेको छ । त्यसैगरी ४+६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य रु. २० हजार ४९९ र ६+१२८ भेरियन्टको मूल्य रु.२४ हजार ४९९ रहेको छ ।

नार्जो एन ५५ आकर्षक प्राइम ब्लु र प्राइम ब्ल्याकमा उपलब्ध छ भने एन ५३ फेदर गोल्ड र फेदर ब्ल्याकमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here