गाँजाखेतीको अध्ययन, हिमाली भेगमा हुने उत्पादनको ब्राण्डिङ गर्ने गण्डकी सरकारको लक्ष्य (पूर्णपाठ)

काठमाडौं । गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

एक प्रदेश निर्वाचन क्षेत्र एक नमूना घरवास कार्यक्रम, एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म, हस्तकलाका लागि कोसेली घर बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। एक घर एक धारा सरकारको पूरानो योजनालाई पनि कार्यक्रममा यथावत् राखिएको छ।

औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानूनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौलगायतका उत्पादनलाई पनि ब्राण्डिङ गर्ने प्रदेश प्रमुख गुरुङले उल्लेख गरे ।

यस्तै, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रलाई गण्डकीको मातहात ल्याउन पहल गरिने कार्यक्रममा उल्लेख गरिएको छ। सीपको माग र आपूर्ति सहज बनाउन रोजगार मेलाको आयोजना गर्ने प्रदेश सरकारको लक्ष्य छ।

१० वर्षमुनिका बालबालिका तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा ओपीडी सेवा र प्रयोगशाला परीक्षण निःशुल्क गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।

उनले नेतृत्वको गरेको गण्डकी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने विषय समावेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here