तत्काल पानी पर्ने सम्भावना न्यून, अझै केही दिन तापक्रम नघट्ने

काठमाडौं । अझै केही मूलुकको अधिकांश भूभागमा आज पनि तापक्रम घट्ने सम्भावना न्यून छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेपनि अन्य स्थानमा तत्काल पानी पर्ने सम्भावना रहेको छैन् ।

भैरहवा, सिमरा, जनकपुर लगायतका क्षेत्रमा चार पाँच दिनदेखि तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ।

सबैभन्दा बढी धरानमा २६.५ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ। त्यस्तै जनकपुरमा २६.२ डिग्री र सिमरामा २३ डिग्री न्युनतम तापक्रम मापन भएको छ।

मे र जुन महिनामा उत्तरी गोलार्द्धमा सूर्यको किरण सिधा पर्ने भएकाले गर्मी हुनु स्वाभाविक हो।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

देशको तराईका केही भू-भागहरुमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ। कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघगर्जन/चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here