उपाधि जितिसकेको बार्सिलोना अन्तिम खेलमा पराजित

काठमाडौं । स्पानिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोना सिजनको अन्तिम खेलमा सेल्टा भिगोसँग २-१ ले पराजित भएको छ ।

सेल्टा भिगोका लागि गाब्री भेइगाले दुवै गोल गरेका थिए भने बार्सिलोनाका लागि अन्सु फातिले एक गोल फर्काएका थिए ।

यो जितपछि सेल्टा भिगोले ३८ खेलमा ४३ अंकसहित १३औं स्थानमा रहेर यस सिजनको समाप्ति गरेको छ ।

त्यस्तै यस सिजनको ला लिगाको उपाधि जितेको बार्सिलोनाले भने ३८ खेलमा ८८ अंकसहित यो सिजन समाप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here