बिदाइ खेलमा बेन्जिमाको गोल, रियललाई हारबाट जोगाए

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओसँग रियल मड्रिडले १–१ को बराबरी खेलेको छ ।

गएराति राति सम्पन्न खेलमा करिम बेन्जिमाले गोल गरेपछि रियल हारबाट जोगिएको हो । उनले १४ वर्षपछि रियल छाड्दै छन् । खेल सकिएपछि घरेलु समर्थक तथा रियालका पदाधिकारीले बेन्जेमालाई बिदाइ गरेका थिए ।

क्लबका सर्वाधिक गोलकर्तामध्येका एक बेन्जेमा १४ वर्ष रहँदा सबैखाले सफलता हात पारे । उनले बर्नाबेउमा पाँच च्याम्यिन्स लिग, चार ला लिगासहित २५ वटा ट्रफी उचालेका थिए ।

उनी अब साउदी अरेबिया जाने पक्का भइसकेको छ । यस्तै क्लबले इडेन हाजार्ड मार्को असेन्सियोलाई बिदाइ गरेको छ।

दोस्रो स्थानमा रहेको रियालले ३८ खेलबाट ७८ अंक जोड्दै यो सिजन टुंग्यायो । शीर्ष स्थानको बार्सिलोनाको १० अंक रह्यो । बार्सा गएराति सेल्टाभिगोमा दुई-एक गोलले पराजित भयो ।

यो बराबरीसँगै रियलले ३८ खेलमा ७८ अंक जोडेको छ । उसले दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here