नवलपरासीमा दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको आँखा जाँच

काठमाडौं । दुर्घटना न्यूनीकरणको लागि नवलपरासी बर्दघाटमा सार्वजनिक सवारी साधन चालकहरुको स्वास्थ्य परिक्षण जाँच गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी र चिसापानी सामुदायिक अस्पतालका प्राविधिकहरूको सहयोगमा पुर्व-पश्चिम राजमार्ग सडक खण्डमा भित्रिने र बाहिरिने बस, ट्रक, जिप, सुमो र माइक्रोबस गरी १०७ वटा सवारीका चालकको स्वास्थ्य परीक्षण गरिएको हो ।

पुर्व-पश्चिम राजमार्ग सडक खण्डमा सवारीदुर्घटना बढिरहेको हुँदा सवारी दुर्घटनाबाट ‘आफु बाँचौ र अरुलाई पनि बचाऔँ’ ट्राफिक नियम जानौ र मानौ भन्ने उदेश्यका साथ ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण गरेको हो ।

सवारी चालकले राम्रोसँग देख्छ कि सक्दैन ? ब्लड प्रेसरको चाप कस्तो छ ? भनेर चिकित्सकको टोलीसहित स्वास्थ्य परिक्षण गराइएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपरासीका इन्चार्ज प्रहरी निरीक्षक प्रसिद्धिका कँडेलले बताइन ।

ट्राफिक सचेतनाका लागि स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here