ओलीको प्रश्न -‘साँच्चै प्रधानमन्त्रीले भारतबाट ल्याएका १५ वटा राँगामात्रै हुन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखाउन चिज नै नभएको दाबी गरेका हुन् ।

‘प्रधानमन्त्रीले साँच्चै ल्याएको १५ वटा राँगा हुन् । चढेर ल्याएर पनि डोहोर्‍याएर ल्याए पनि’ ओलीले भने, ‘अरु केही छैन । तर अरु ल्याएको भए प्रमाणित गर्नुपर्छ ? तर भन्न र देखाउनलाई केही छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here