थाहा पाइराखौं, मिर्गाैला फेल हुनुअघि शरीरमा देखापर्छ यी ५ लक्षण

नेपालमा अहिले मिर्गौला रोगीहरुको संख्या बढीरहेको छ । मिर्गौलाले काम नगरेर मृत्यु हुनेको संख्या धेरै पनि धेरै रहेको छ ।

मिर्गौलाले काम नगर्ने भएपछि धेरै मानिसहरु डायलोसिसको भरमा बाँचिरहेका छन् भने केहीले मिर्गौला प्रत्यारोपण पनि गराएका छन् ।

अस्वस्थकर जीवनशैली र खानपानको कारण आजभोली धेरै कम उमेरमा पनि मानिसहरुमा मिर्गाैलाजन्य समस्याहरु देखा पर्न थालेका छन् ।

हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि १२ वर्षअघि दुवै मिर्गौलाले काम नगरेपछि मिर्गाैला प्रत्यारोपण गराइएको थियो । अहिले पनि उनी नियमित उपचार गराइरहन्छन् ।

उनी केही दिन अघि मात्रै सिंगापुरमा एक साता बसेर उपचार गराएर फर्किएका थिए । तर, फेरि उनको मिर्गाैलामा समस्या देखिएकाले सिंगापुर नै जाने तयारी भएको बताइएको छ ।

उनको स्वास्थ्य स्थितीसँगै मिर्गौलाको समस्या बारे चर्चा सुरु भएको छ ।

मिर्गाैला किन स्वस्थ हुनुपर्छ ?

मानव शरीरको महत्वपुर्ण अंगहरुमध्ये मिर्गाैला पनि एक हो । हाम्रो शरीरमा भएको बेकार पदार्थहरुलाई हाम्रो शरीरबाट बाहिर फाल्ने काम गर्नुका साथै रगतलाई पनि शुद्ध पार्ने काम गर्छ ।

मानव शरीरमा दुईवटा मिर्गाैला हुन्छन् । एउटा मात्रै मिर्गाैलाले काम गर्दापनि मानव शरीरको सम्पुर्ण कामहरु सम्पन्न हुने गर्छ ।

धेरै मानिसहरुमा मिर्गाैला सम्बन्धी समस्या अचानक हुने समस्या हो यसको बारेमा कुनै प्रकारको पुर्वआभाष हुदैन् भन्ने सोचाइ छ तर, यो सत्य भने होइन ।

मिर्गौला फेल हुनुभन्दा पहिले हाम्रो शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउने गर्छन् । यसका साथै विभिन्न प्रकारका समस्याहरु पनि देखा पर्ने गर्दछन् ।

यी समस्याहरुलाई ध्यान दिएर समयमा नै उपचार गरेमा मिर्गौला खराब हुनुबाट सजिलै बच्न सकिन्छ ।

मिर्गौला फेल हुनुभन्दा पहिले यस्ता लक्षण देखापर्छः

१. पिसावमा रगत देखा पर्नु

यदि तपाईंलाई पहिले पनि मिर्गाैला सम्बन्धी समस्याहरु देखा परिसकेको छ र मिर्गौला फेल त हुदैन् भन्ने कुराले चिन्तीत हुनुहुन्छ भने यसको पुर्वआभाष स्वरुप पिसावमा रगत देखा पर्ने गर्दछ ।

पिसावमा रगत देखा पर्नु मिर्गौला फेल हुनुको एक लक्षण हो । त्यसकारण यस्तो समस्या देखा परेमा तुरुन्त उपचार गर्नुपर्छ ।

२. अचानक शरीरको तौंल बढ्नु

असामान्य रुपमा शरीरको तौंल बढ्नु तथा बिनाकारण शरीरको कुनै भागमा दुखाईको महसुस हुनु पनि मिर्गौला फेल हुनुको एक लक्षण हो । बिनाकारण नै दुखाइ महसुस भएको अवस्थामा तुरुन्त डाक्टरलाई देखाउनुपर्छ ।

३. पिसाव निकै कम वा धेरै पटक आउनु

यदि तपाईंलाई सामान्य अवस्थामा भन्दा ज्यादै धेरै पटक वा ज्यादै थोरै पटक पिसाव आउँछ भने त्यो पनि मिर्गौला फेल हुनुको लक्षण हुन सक्छ ।

धेरै पटक पिसाव आउनु मिर्गौला फेल हुनुको एक प्रमुख लक्षण हो । यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई देखाउनुपर्छ ।

४. चिडचिडाहट हुनु

मिर्गौलामा समस्या देखा पर्दा मस्तिष्कमा अक्सिजनको मात्रामा कमी हुन्छ । जसको कारण मानिसमा चिडचिडाहट हुने, काम गर्न मन नलाग्ने तथा एकाग्रता नहुने जस्तो समस्या देखापर्छ ।

५. श्वासप्रश्वासमा समस्या

मिर्गौलामा समस्या देखा पर्दा शरीरमा धेरै मात्रामा पानी जम्मा हुने गर्दछ । जसको कारण फोक्सोमा पानी जम्मा हुन्छ र यसको कार्यक्षमता कमजोर हुन्छ ।
जसको कारण श्वासप्रश्वासमा समस्या हुने गर्दछ । यदि यस्तो समस्या देखा परेमा तुरुन्त उपचार गर्नुपर्छ । –एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here