युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट बिहीबार

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बिहीवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार एफपीओ बिहीवार बिहान ९ बजे बाँडफाँट गर्नि लागेको हो ।

कम्पनीले जेठ ११ गते देखि १६ गते सम्म प्रतिकित्ता रू १ सय मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो ।

जसअनुसार कम्पनीको एफपीओमा १४ लाख ४ हजार ७ जना आवेदकबाट १ करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीको एफपीओ ३७ हजार ९४२ जनाले १० कित्ता र बाँकी रहेको ५ कित्ता शेयर थप पाँच जनाले पाउनेछन् ।

साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज भई यो कम्पनी बनेको हो । यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्था अनुसार एफपीओ जारी गरेको हो । यस कम्पनीमा मर्ज भएको घोडीघोडा लघुवित्तले पहिलानै आईपीओ जारी गरिसकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here