वुलिंगकाे इभी कार किन्दा इलेक्ट्रिक साइकल उपहार

बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले वुलिंग एयर इभी किन्दा साइकल उपहार दिने भएको छ । कम्पनीले वुलिंग खरिदमा ६० किमी माइलेज दिने बस्क मोटर्स भएको इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने भएको हो । यो योजना जेठ २३ गतेदेखि लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिंग ब्राण्डको को इलेक्ट्रिक कार बिक्रि वितरण गर्दै आइरहेको छ ।

इन्डोनेसिन कार वुलिंग हाल नेपाली बजारमा २०० र ३०० कि मि को रेन्ज मा उपलब्ध छ ।

वुलिंग इलेक्ट्रिक कार रिमोट बाट नै चालु हुने सजिलै घर मा चार्ज गर्न मिल्ने छ । १०० रुपैयाँमा ३०० कि मि हिड्न मिल्ने कार हो ।

यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्स मा खर्च नहुने कम्पनीको दावी छ । वुलिंग कार कम्पनीको वुलिंग इलेक्ट्रिक शोरुममा नक्साल , भक्तपुर राधेराधे , भैसेपाटी शोरुममा उपलब्ध छ ।

यो कार लाइ बजेट कार को रुपमा पनि चिनिन्छ । कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप हो ।

विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपाल मा ३१ बर्ष देखी बिक्रि गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here