दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ९८ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २५.६६ अंकले बढेर १९२७. ६५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६९ कम्पनीको १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर किनबेच भएका छन् ।

सोमवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here