ओलीको प्रश्न– धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन, गाँजा खेती कसलाई चाहियो ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको बजेटमा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने विषय उल्लेख भएकोमा असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष ओलीले अहिले अन्नमा आत्मनिर्भर हुने योजना चाहिने,‘धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ। सरकारले लाइसेन्स बाँडेपछि नभएको गाँजा खेती उखेलिन्छ।

अहिले मानिस दृष्टिगोचर भएका छैनन् तर कोही त छ गाँजा खेतीको पछि लाग्ने । कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? गाँजा खेती कसले गर्न खोज्दैछ किन गर्न खोजेको हो ? जनताले गाँजा खेती गरेका छैनन्, कहीँ कहीँ भएको पनि होला।’

कसले गर्न खोजिरहेको छ ? कसका लागि गाँजा खेती ? अचम्म लाग्छ, गाँजा खेती कसलाई चाहियो ? अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि ?’ उनले अगाडि थपे, ‘गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?’

प्राकृतिक रुपमा उब्जिएको गाँजाले जीविका चलाउँदा मान्छे जेल जाने गरेको सुनाउनु भयो। गाँजा खेती र व्यापार गर्नेहरु कोही पनि अहिले नदेखिएको बताउँदै पहिले अन्नमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here