चर्च ब्वाइजले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेलअगावै चर्च ब्वाइज सहभागिताको पहिलो सिजनमै लिग च्याम्पियन बन्न सफल भएको छ।

यसअघि मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा पहिलो सहभागितामै लिगको उपाधि उचालेको थियो। चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाउँदै लिग च्याम्पियन बनेको हो। चर्च ब्वाइजले २५ खेलमध्ये १२ मा जित, ९ खेलमा बराबरी र ४ खेलमा हार भोगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here