करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा

काठमाडौं । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् ।

बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् ।

रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो । सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल पुगेका बेन्जेमा त्यहाँ ६४८ खेल खेलेका थिए ।

सोमबार अल-इत्तिहाडसहित चार क्लबको स्वामित्व साउदी अरेबियाको पब्लिक इनभेस्टमेन्ट फण्ड (पीआईएफ) ले लिने घोषणा भएको छ । जसले प्रिमियर लिग क्लब न्युकासलको समेत स्वामित्व लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here