विद्युत व्यापार सम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेस गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेस गर्न अनुमति दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पस गर्ने निर्णय भएको जानकारी दिइन् । विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो। मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here