ठमेलमा २६ वर्षीया युवतीको हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती वहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

हत्या अभियोगमा प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

आपसी विवाद भइ झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो। उनीहरू भगवती बहालको चार तले घरको दोस्रो तलामा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए।

मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो। रञ्जितकारले मापसे गरेका थिए।

मापसे गरेका उनले तामाङमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। साढे ३ बजे तामाङको उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्‍याइएको थियो।

उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here