कोशीमा पहिचानवादीसँग वार्ता गर्न समिति गठन

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलन गर्दै आएकाहरूसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ ।

समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् ।

फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here