झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४.६८ अंकले बढेर १९३२. ३३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँ बराबरको ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here